Logo

नेपाल लाइफको साधारण सभा माघ २८ गते



काठमाडौं, ६ माघ । नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा आगामी माघ २८ गते बोलाएको छ । माघ ५ गते बसेको संचालक समितिको बैठकले सभा होटल भिस्वा बीरगञ्ज पर्सामा बिहान ९ बजे बस्ने निर्णय गरेको हो ।

सभाले ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीको विद्यमान प्रबन्धपत्र तथा नियमावलीमा भएको व्यवस्था अनुसार कम्पनीको प्रतिशेयर मुल्य १ सय रहेकोमा उक्त शेयरसम्बन्धि व्यवस्थालाई परिर्वतन गरेर शेयरमुल्य ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पारितसमेत गर्ने जनाएको छ ।

परिर्वतन भएको शेयरमुल्य सम्बन्धित निकायको स्वीकृतिपछि मात्र लागु हुने जनाइएको छ । सभाले दुई जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ । बैंकले सभा प्रयोजनार्थ माघ १४ गतेबाट २८ गतेसम्म बुक क्लोज गर्ने भएको छ । माघ १३ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश र सभामा उपस्थित हुन पाउनेछन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot