Logo

प्रधानमन्त्री ओलीलाई भारतीय राजदूत क्वात्राद्वारा कोरोनाविरुद्धको भ्याक्सिन हस्तान्तरण



काठमाडौं, ८ माघ । भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० लाख डोज कोरोना भाइरसविरुद्धको भ्याक्सिन हस्तान्तरण गरेका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा भ्याक्सिन हस्तान्तरण गरेका हुन् ।

भारतले सहयोगस्वरुप दिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन आज एयर इन्डियाको विमानबाट १० लाख डोज भ्याक्सिन नेपाल आइप्ुगेको हो । भारतबाट निःशुल्क प्राप्त भएको भ्याक्सिन कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायतका लागि प्रयोग गरिने जनाइएको छ । भ्याक्सिन अबको केही दिनमा प्रयोगमा ल्याइने बताइएको छ ।

भारतको सेरम इन्स्टिच्युटले कोभिशिल्ड नाम दिएको भ्याक्सिन उत्पादन गरेको हो । अक्सफोर्डले विकास गरेको यो भ्याक्सिन भारतले प्रयोगमा ल्याइसकेको छ ।-तस्बिरः प्रधानमन्त्रीको सचिवालय



प्रतिक्रिया दिनुहोस्

Screenshot