Logo

आजबाट ‘टि प्लस टु’ लागु हुने



काठमाडौं, ११ माघ । शेयर बजारमा आजबाट टि प्सल टु लागु हुने भएको छ । आइतबारदेखि कारोबारको राफसाफ तथा फछर्यौंट कारोबार भएको दिन बाहेक कार्य २ दिन भित्र हुने भएको हो ।

यो नियमअनुसार नेपाल धितोपत्र बोर्डमा कारोबार गर्दा लगानीकर्ताले आफुले बिक्रि गरेको धितोपत्रको राफसाफ तथा फछर्योंटको लागि ईडिआईएस जारी गर्दा टि प्लस १ अर्थात कारोबार भएको भोलिपल्ट जारी गरी सक्नुपर्नेछ ।

यदि ईडिआइस जारी गर्न नसक्ने लगानीकर्ताहरुले टि प्लस १ भित्र भौतिक निर्देशन पुर्जी जारी गरी सम्बन्धित निक्षेप सदस्यमा बुझाउनु पर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot