Logo

गणेश साहको ओलीमाथि आरोप : असंवैधानिक कदम किन ? (भिडिओसहित)



काठमाडौं, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–पक्षका प्रभावशाली नेता तथा पूर्वमन्त्री गणेश साहले अहिले नेकपाको बहुमत पक्ष आफूहरुसँग रहेको दाबी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले पार्टीको विधानमा एक नम्बर अध्यक्ष र दुई नम्बरको अध्यक्ष नभनेको पनि जिकिर गरे । दुवै अध्यक्षको हैसियत समान रहेको पनि कुरा विधानमा उल्लेख रहेको साहको भनाई छ । संसदभित्रबाट प्रधानमन्त्री बन्ने विकल्प हुँदासम्म संसद विघटन गर्न नहुने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot