Logo

कमेडियन कपिल शर्मालाई पुत्रलाभ



एजेन्सी, १९ माघ । चर्चित कमेडियन कपिल शर्मालाई पुत्रलाभ भएको छ । उनकी पत्नी गिन्नी चतरथले आज छोरालाई जन्म दिएकी हुन् । कपिल शर्माले सामाजिक सञ्जालमार्फत यो खुशीको खबर शेयर गरेका हुन् ।

कपिल शर्माले ट्वीटमा लेखेका छन्, ‘नमस्कार, आज बिहान हाम्रो घरमा छोराले जन्म लिएको छ । भगवानको कृपाले बच्चा र आमा दुवैजना स्वस्थ छन् । सबैलाई धेरैधेरै धन्यवाद ।’ कपिल शर्माले श्रीमती गर्भवती भएको सुरुवातको समयमा गोप्य राखेका थिए । तरपछि आफैले खुलाशा गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot