Logo

रणवीर सिंह र आलिया भट्ट फेरी एकसाथ



एजेन्सी, १९ माघ । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्टको फिल्म ‘गली बाँय’ २०१९ मा रिलिज भएको थियो । फिल्मले सफलता पाएपछि उनीहरु दोस्रो पटक पनि एकसाथ पर्दामा देखिने भएका छन् । समाचार अनुसार करण जौहरले निर्माण गर्ने नयाँ फिल्ममा दुई कलाकार एकसाथ अभिनय गर्ने भएका हुन् ।

रिपोर्ट अनुसार निर्माता तथा निर्देशक करण जौहरले रणवीर र आलियालाई रोमाण्टिक स्टोरीमार्फत पर्दामा उतादैछन् । करणले निर्देशन गर्ने फिल्म करणको लागि पहिलो अवसर हो भने आलियाको लागि तेस्रो अवसर हो । आलियालाई पहिलो पटक बलिउडमा डेब्यु गराउने फिल्म ‘स्टुडेन्ट अफ द इयर’ मा पनि करणले नै निर्देशन गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot