Logo

सुष्मा र श्वेताबीच लण्डन पबमा कुटपिट, सुष्माले दिइन उजुरी



काठमाडौं, २० माघ । फिल्मका नायक नायिकाहरु चर्चामा आउनु नौलो कुरा होइन् । जस्तोसुकै कारणले पनि कलाकारहरु चर्चामा आउन चाहान्छन् । नायिका सुष्मा कार्की फेरी चर्चामा आएकी छिन् ।

उनले काठमाडौंको ‘लण्डन पब’ मा आफुमाथि नायिका श्वेता खड्का, उनका पति विजयेन्द्र सिंह, बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट तथा गालीगलौज भएको भन्दै महानगरीय वृत्त दरबारमार्गमा उजुरी दिएकी छिन् ।

सुष्माले श्वेता खड्का लगायतले आफुमाथि तथानाम गाली गरेको र अपशब्द बोलेको भन्दै उजुरी दिएकी छिन् । सुष्मा अहिले प्रहरी वृत्तमा नै भएको प्रहरीले जनाएको छ । नायिका कार्की केही समयअगाडी नायिका पुजा शर्माका फ्यानले अभद्र व्यवहार गरेको भन्दै प्रहरीकोमा पुगेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot