Logo

बेलचौताराका प्रहरी हबल्दारमाथि अख्तियारको मुद्दा



काठमाडौं, २३ माघ । ईलाका प्रहरी कार्यालय बेलचौतारा, तनहुँको महिला तथा बालबालिका सेवा, केन्द्रमा कार्यरत प्रहरी हबल्दार शान्ति भण्डारीमाथि अख्तियारले मुद्दा दायर गरेको छ ।

तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हबल्दार भण्डारीले उक्त कार्यालयबाट नियन्त्रणमा लिएको व्यक्ति छुटाइदिए वापत बिभिन्न बहाना बनाई सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले भण्डारीलाई सेवाग्राहीबाट दश हजार रुपैयाँ अतिरिक्त रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको जनाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा भण्डारीले हिरासतमा रहेको व्यक्ति छुटाइदिए वापत सेवाग्राहीसँग १० हजार घुस लिएको पुष्टि भएको थियो । उनीमाथि कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot