Logo

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



काठमाडौं, २ फागुन । जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं कोटेश्वरस्थित लक्ष्मी स्वीट पसलमा काम गर्ने धनुषा महेन्द्रनगर घर भएका २१ वर्षीय दिपेन्द्र मण्डललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

मण्डलले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्