Logo

ब्राउनसुगरसहित पक्राउ



सुर्खेत, २ फागुन । अवैध लागुऔधष ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित एकजना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोईलीबाट ३ सय ५० मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित बर्दिया बाराबर्दिया नगरपालिका–७ बस्ने २१ वर्षीय ओम बहादुर शाहीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको सयुंक्त प्रहरी टोलीले जाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको जनाएको छ ।

यसैगरी सोही प्रहरी टोलीले सुर्खेत वीरेन्द्रनगर बुलबुलेबाट ६० मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित सोही नगरपालिका–९ बस्ने ३० वर्षीय राजेन्द्र शाहीलाई समेत शुक्रबार बेलुका पक्राउ गरेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्