Logo

ओलीले आफू र प्रचण्डलाई समात्ने योजना बनाएको माधव नेपालको आरोप



काठमाडौं, २ फागुन । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आफू र पुष्पकमल दाहाल प्रचण्डलाई समात्ने योजना बनाएको आरोप लगाएका छन् । आइतबार तेह्रथुममा आयोजित विरोध सभालाई सम्बोधन गर्दै रामकुमारी झाँक्रीलाई पक्राउ गरेर मुटु छामेको टिप्पणी गरे ।

‘केपी ओलीले रामकुमारी झाँक्रीलाई समातेर मुटु छामेका हुन्,’ नेपालले भने,‘त्यसपछि म र प्रचण्डलाई गिरफ्तार गर्ने योजना रहेछ ।’ आफूहरु ओलीको डर धम्कीबाट त्रसित नुहने बताए ।

विगतमा पूर्व राजा ज्ञानेन्द्र शाहले पनि डरधम्की देखाएर नेताहरुलाई गिरफ्तार गरेको स्मरण गराउँदै भने,‘ज्ञानेन्द्र जस्ताको त सातो लियौं केपी ओली को हुन् ?’ ओलीले ज्ञानेन्द्रको शैली नेताहरुलाई धम्क्याउने गतिविधि देखाइरहेको आरोप लगाए ।

आफूहरुलाई सुर्य चिन्ह नदिने षड्यन्त्र भइरहेको नेपालको आरोप थियो । दुवै समूहलाई सुर्य चिन्ह नदिने सम्मको योजना बनाइएको भन्दै चुपचाप नसहने चेतावनी दिए । सुर्य चिन्ह आफूहरुकै हुनुपर्ने नेपालको जिकिर थियो ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्

Screenshot