Logo

मकै बारीमा महिला बलात्कृत



बारा, ४ फागुन । वृद्ध महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । ७६ वर्षीया वृद्ध महिलालाई मकै बारीमा लगी जबरजस्ती करणी गरेको अभियोगमा कोल्हवी नगरपालिका–८ बस्ने ३९ वर्षीय दल बहादुर लामालाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

उनी उपर जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot