Logo

भागरथीको बलात्कारपछि हत्या दिनेशले गरेकोमा विश्वस्त भएलगत्तै परिवारले शव बुझ्यो, आजै दाहसंस्कार गरिदै



काठमाडौं, ७ फागुन । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको आज दाहसंस्कार गरिने भएको छ । परिवारले शव बुझ्ने भएपछि भागरथीको मृत्यु भएको १७ औँ दिनमा दाहसंस्कार गरिने भएको हो ।

भागरथीको परिवारले यसअघि शव बुझ्न मानेको थिएन । आरोपी दिनेश भट्टले बलात्कार गरेको भन्नेमा परिवारले विश्वास गरेको थिएन । तर, परिवारसहित सरकारी वकिलसँगको बयानमा दिनेशले आरोप स्वीकार गरेपछि विश्वस्त भएको बुझिएको छ । बिहीबार दिनेशका बुवा, अनुसन्धान अधिकृत र सरकारी वकिल सामु गर्न लगाएको बयानमा दिनेशले आफूले नै बलात्कारपछि हत्या गरेको स्वीकारेका थिए । बलात्कार र हत्या आफैँले गरेको दिनेशले स्वीकार गरिसकेपछि भागरथीका घरपरिवारले शव बुझ्न मानेको हो ।

प्रहरीले बुधबार चडेपानीकै दिनेश भट्टलाई आरोपीका रुपमा सार्वजनिक गरेको थियो । दिनेशले बुधबारसम्म भागरथीको हत्या मात्रै गरेको बताएका थिए । तर, शव परीक्षण रिपोर्टमा भने बलात्कारपछि हत्या गरिएको उल्लेख गरिएको थियो ।

गोठलापानीबाट भागरथीको शवयात्रा भएको बुझिएको छ । गोठलापानीबाट सेरासम्म शवयात्रा गरी सेरास्थित महाकाली आर्यघाटमा अन्तिम संस्कार गरिने लागिएको हो ।

दिनेशले बलात्कार अस्वीकार गरेपछि प्रमाण जुटाउन प्रहरी अनुसन्धान केन्द्रित

‘‘पाइन्ट समेत घुँडासम्म फुकाली करणी गर्न लाग्दा…’’

भागरथीलाई दिनेशले बलात्कार गरेको पुष्टि गर्न सक्छौंः डिआइजी उत्तम राज सुवेदी

गत माघ २१ गते विद्यालयबाट घर जान हिडेँकी भागरथीको साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते घर नजिकै रहेको लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा शव फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको निष्कर्षमा पुगेको प्रहरीले १३ दिन अनुसन्धान गरेर दिनेशलाई पक्राऊ गरेको थियो । दिनेश भागरथी पढ्दै आएको सनातन धर्म उच्च मावि खोचलेकमा कक्षा ११ मा अध्ययनरत थिए । भागरथी सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत थिइन् ।

भागरथीको आमाले दिनेशले हत्या गरेको पत्याइनन्, शव बुझ्न अस्वीकार

‘१६ को केटाले १७ की केटीलाई कसरी मार्यो ?’

अब डिआइजी उत्तम सुवेदीको ध्यान निर्मला पन्तको हत्यारातर्फ

भागरथी हत्याका अभियुक्त दिनेश भट्टलाई म्याद थप

भागरथीका दाई शंकर भट्टद्वारा दिनेश भट्टविरुद्ध किटानी जाहेरी

प्रहरीले भागरथीको हत्या आरोपित दिनेश भट्टलाई सार्वजनिक गर्यो

प्रतिशोध लिन भागरथीमाथि बलात्कार, गाउँमा भनिदिने डरले हत्या

डिआइजी उत्तम सुवेदीले ‘भागरथी हत्या’ का दोषी यसरी पत्ता लगाए

यी हुन् भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने युवक

भागरथी हत्याका अभियुक्त पक्राऊ, छिमेकी युवाद्वारा बलात्कारपछि हत्या गरेको स्वीकार

भागरथी भट्टका हत्यारालाई एक/दुई दिनमै सार्वजनिक गर्छौं : डिआईजी सुवेदी 

भागरथी हत्याका संदीग्धको पहिचान, सप्रमाण दुई दिनभित्रै सार्वजनिक गरिने

भागरथी भट्ट हत्या प्रकरणका दोषीलाई छिट्टै सार्वजनिक गर्छौं : डिआईजी सुवेदी (अन्तर्वार्ता)



प्रतिक्रिया दिनुहोस्

Screenshot