Logo

अब वेबसाइटबाटै माटो परीक्षण



काठमाडौं, फागुन १३ । अब किसानहरूले माटोमा रहेका विभिन्न गुणहरू डिजिटल नक्साबाट हेर्न पाउने भएका छन् । जीपीएसको माध्यमबाट माटोको डिजिटल नक्सा हेर्न मिल्ने वेबसाइटको बुधवार काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्।

प्रधानमन्त्री ओलीले अबका दिनमा नेपाली किसानले आफ्नो जमीनको गुणस्तर थाहा पाउन माटो परीक्षणका लागि प्रयोगशालामा गइरहनुपर्ने अवस्थाको अन्त्य भएको बताए । दक्षिण एशियामै नेपालले पहिलोपटक माटोको डजिटल नक्सा तयार पारेको छ,’ उनको भनाई छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको समन्वयमा नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले सिमिट नेपाल र नेपाल सीड एन्ड फर्टिलाइजर परियोजनाको सहयोगमा मटोको डिजिटल नक्सांकन गरिएको हो । माटोको उर्वराशक्ति, अम्लीयपन, प्रांगारिक पदार्थको मात्रा, माटोको बनोट आदि जस्ता माटोका विभिन्न गुणका बारेमा कृषकलाई सजिलै जानकारी दिने उद्देश्यले यो नक्सा तयार गरिएको हो । विगत ४ वर्षदेखि शुरू भएको डिजिटल नक्सांकन कार्य हालै सकिएको हो ।

नेपालका सबै प्रदेशको प्रतिनिधित्व हुने गरी विभिन्न ५६ ओटा जिल्लाबाट कुल २३ हजार २ सय ७३ ओटा माटोका नमूनाहरूको परीक्षण गरी तिनको नतीजाको विश्लेषणका आधारमा तयार गरिएको छ । यो डिजिटल नक्सा तयार गर्ने क्रममा स्याटेलाइट इमेजका आधारमा माटोको गुणहरू निर्धारणमा भूमिका खेल्ने भौगोलिक अवस्था, वनस्पति, वर्षा, तापक्रमलगायत विभिन्न वातावरणीय कारकतत्त्वमध्ये १ सय ६८ ओटा तत्वहरूलाई आधार मानिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot