Logo

कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, नर्भिक अस्पतालमा शल्यक्रिया तयारी हुँदै



काठमाडौं, फागुन १४ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । पूर्वमन्त्री समेत रहेका जोशीको मस्तिष्कमा पानी जमेको पारिवारिक स्रोतले जनाएको छ ।

बिहीबार राति स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पताल भर्ना गरिएको थियो । यसअघि पनि विर अस्पतालमै उपचार गराउँदै आएका जोशीलाई त्यहाँबाट आज विहान नर्भिक अस्पताल रिफर गरिएको छ । पारिवारिक स्रोतका अनुसार जोशीको अवस्था गम्भिर रहेको र शल्यक्रियाको तयारी भईरहेको छ ।

जोशीको छातीमा समस्या देखिदै आएको थियो । त्यसवेला विर अस्पतालका छाती रोग विशेषज्ञ डा अशेष ढुंगाना र छाला रोग विशेषज्ञ डा अनुपमा कार्कीले उपचार गरेका थिए।  उनको छालामा दादको पनि समस्या देखिएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot