Logo

५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया शुरु



काठमाडौं, १८ फागुन । सरकारले ५० लाख डोज कोरोना भाइरसविरुद्धको खोप खरिद प्रक्रिया शुरु गरेको छ । स्वास्थ्य सचिव लक्ष्मण अर्यालले यसबारे जानकारी दिएका हुन् ।

आज प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगतको उपसमितिमा बोल्दै उनले ५० लाख डोज खोप किन्ने प्रक्रिया शुरु गरिएको बताएका हुन् । उनले खोपको अभियानलाई अगाडि बढाउन खरिद गर्न लागिएको बताए ।

भारतबाट अनुदानको खोप आइसकेको छ । चीन र बेलायतबाट पनि अनुदानको खोप आउने क्रममा छ । यी बाहेक सरकारले ५० लाख डोज खोप खरिद गर्न लागेको हो । एक करोडभन्दा बढी डोज खोप जम्मा गरी खोप अभियानलाई गति दिइने जानकारी दिइएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमन सिंहले जेष्ठ नागरिकबाट खोप अभियान शुरु गर्ने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot