Logo

प्रदेश राजधानी हेटौँडामा मिस मकवानपुर सिजन–३



वाग्मती, २८ फागुन: वाग्मती प्रदेशको राजधानी हेटौँडामा मिस मकवानपुर सिजन–३ प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी विसं २०७८ जेठबाट अडिसन शुरु भई भदौमा ग्राण्ड फाइनल गरिने योजना छ । कलिउड सुपर डान्स एण्ड फिटनेस प्रालि एवं स्पाक्लिङ सिज प्रालिको सहकार्यमा मिस मकवानपुर सिजन–३ हुन लागेको आयोजकले जनाएको छ । संयुक्त आयोजनामा हुन लागेको मिस मकवानपुर सिजन–३ प्रतियोगिता भिडियो जिङ्गल शिक्षाविद् तथा समाजसेवी पुरनबहादुर जोशीले सार्वजानिक गर्दै आवेदन खुला गरिएको कलिउड सुपर डान्स एण्ड फिट्नेस प्रालिका सञ्चालक सुजन श्रेष्ठले बताए ।

विजेता हुनेलाई हेटौँडा स्कूल अफ म्यानेजमेन्टको ब्राण्ड एम्बेसडरका रूपमा एक वर्ष रहने गरी नियुक्त गरिने जोशीले बताए । प्रतियोगिताको उपाधि विजेताले चाँदीको ताज र रु एक लाख तथा विभिन्न पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले रु ५० हजारसहित आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । यस्तै तृतीय हुनेले रु २५ हजारसहित आकर्षक पुरस्कार प्राप्त गर्नेछन् भने भ्युवर्स च्वाइसले रु २० हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागिता जनाउन १६ वर्ष पूरा भई २४ वर्ष ननाघेको अविवाहित नेपाली नागरिक हुनुपर्ने बताइएको छ । यस्तै सहभागीको उचाइ कम्तीमा पाँच फिट हुनुपर्ने छ भने शैक्षिक योग्यता एसइई उत्तीर्ण हुनुपर्ने प्रावधान रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा करिब रु २८ लाख खर्च हुने जनाइएको छ । यसअघि स्पाक्लिङ सिजले मिस मकवानपुर २०१८ एवं कलिउड सुपर डान्स एण्ड फिटनेसले मिस कलिउड २०१९ आयोजना गरिसकेका छन् ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot