Logo

ओलीले एमालेलाई विर्सजन उन्मुख गराएको खनालको आरोप



काठमाडौं, १ चैत्र । नेकपा एमालेका पूर्वअध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई विर्सजनतर्फ उन्मुख गराएको आरोप लगाएका छन् । उनले ओलीले एकता बचाउन नसकेको बताए ।

रेडियो एनआरएनमा ऋषि धमलासँग कुरा गर्दै उनले अहिले नै एमाले फुट्यो भन्न नमिल्ने बताए । एमालेलाई धेरै संघर्षका साथ बनाइएको बताउँदै अहिले नै पार्टी फुट्यो भन्न नमिल्ने उल्लेख गरे ।

खनालले भने,“जसरी पार्टीलाई एकतापूर्ण तवरले बचाउनुपथ्र्यो त्यो अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले न वैचारिक, न राजनीतिक, न शैद्धान्तिक तरिकाले बचाउन सक्नुभयो न पार्टी एकिकरण नै, उहाँले पद र शक्तिमा पुगेपछि पार्टीलाई बिर्सनुभयो ।”

खनालले आफूलाई दशौं महाधिवेशनले मात्र पदबाट हटाउन सक्ने तर्क गरे । उनले वैधानिकरुपमा बैठक नबोलाएर गुटगत बैठकबाट आफुअनुकुलका निर्णय ओलीले गरेकाले पार्टी विसर्जनतिर गएको आरोप लगाए ।

माओवादी केन्द्रसँग विगतमा एकिकरण गर्दापनि अध्यक्ष ओलीले आफुहरुसँग छलफल नै नगरेको बताए ।



प्रतिक्रिया दिनुहोस्