Logo

बाबुराम भट्टराईको टिप्पणी : ओलीलाई छिटो विदा गर्न चुक्यौं भने हामीलाई इतिहासले माफ गर्ने छैन



काठमाडौं, ४ चैत्र । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिटोभन्दा छिटो विदा गर्नुपर्ने बताएका छन् । उनले राज्यका सबै अंग र साधनस्रोत कब्जा गर्ने अनि सद्याम हुसेन, पर्वेज मुसर्रफ र हुन सेन स्टाईलको चुनाव गराएर प्रधानमन्त्री ओली आफू चक्रवर्ती बादशाह बनिरहने सपनाबाट पछि हट्ने छाँटकाँट नदेखिएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत नेता भट्टराईले अब ओलीलाई छिटो विदा गर्न र लोकतन्त्र संविधानको रक्षा गर्न चुके आफूहरु कसैलाई पनि ईतिहासले माफ नगर्ने दाबी गरेका छन् । उनले लेखेका छन्-“राज्यका सबै अंग र साधनश्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन,पर्वेज मुसर्रफ,हुन सेन स्टाइलको चुनाव गराएर आफु चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछिहट्ने कुनै छॅाटकॅाट नदेख्दा पनि उनलाई छिटो विदा गर्न र लोकतन्त्र/संविधानको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इतिहासले माफ गर्नेछैन है!” File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्