Logo

खनाल–नेपाल पक्षका सांसदहरुको छुट्टै भेला



काठमाडौं, ५ चैत्र । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । अहिले केही बेरमा बैठक सुरु हुँदैछ । उक्त बैठकमा जाने÷नजाने भन्नेबारे माधव नेपाल पक्ष अझै अनिर्णित छ । नेपाल समूहका सांसदहरुको सानेपास्थित् हेरिटेज गार्डेनमा छुट्टै भेला भएको छ ।

ओलीले बोलाएको बैठकमा कुनैपनि हालतमा नजाने भनेर नेपाल समूहका नेताहरुले बताईसकेका छन् । तर, ओलीले बैठकमा नआउने सांसदहरुलाई कारबाही गर्ने चेतावनी दिएपछि सांसदहरु अन्यौलमा छन् । उता, नेपाल पक्षले भने हिजोदेखि राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ । जारी भेलामा नेता नेपालले प्रतिवेदन समेत पेश गरिसकेका छन् । File Photo/ReportersNepal

 



प्रतिक्रिया दिनुहोस्

Screenshot