Logo

सानेपामा ओलीको राजीनामा एजेन्डा बन्दै गर्दा बालुवाटारमा के के भयो



काठमाडौं, ५ चैत्र । सानेपाको हेरिटेज पार्टी प्यालेसमा नेपाल-खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेलाले राजनीतिक प्रतिवेदन पारित गर्दै थियो । प्रस्तावमाथि छलफलका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र माओवादी केन्द्रसँग पार्टी एकताको विषयले महत्व पायो ।

सानेपामा ओलीको सत्ताबाट बर्हिगमनको एजेन्डासहितको प्रस्ताव पारित हुँदै गर्दा बालुवाटारमा भने संसदीय दलको बैठकले संसदीय बोर्ड र विधान संशोधन समिति गठन गर्यो । बोर्डमा बैठकमा अनुपस्थित माधवकुमार नेपाल र झलनाथ खनाल पनि समावेश गरिए ।

खनाल-नेपाल समूहले ओलीको प्रधानमन्त्री पदबाट राजीनामालाई मुद्दा नै बनाएर अगाडि बढ्दा ओली भने झन् कडा रुपमा प्रस्तुत हुँदै गएका छन् । अनुपस्थित नेपाल र खनालसँग स्पष्टिकरण लिनेसम्मको तयारी भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot