Logo

दुर्गा प्रसाईँद्वारा एमालेको टिकटबाट चुनाव लड्ने घोषणा, देशको जुनसुकै क्षेत्रबाट जित्ने दाबी



काठमाडौं, ११ चैत्र । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले अबको चुनाव केपी शर्मा ओली भर्सेस अन्य दल हुने ठोकुवा गरेका छन् । उनले ओलीको नेतृत्वमा नेकपा एमालेले सानदार बहुमत ल्याउने दाबी समेत गरे ।

‘अबको चुनाव केपी ओली भर्सेस अन्य पार्टी हुन्छ,’प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा आज प्रसाईंले भने,‘चुनावमा फेरि पनि ओलीको बहुमत आउँछ ।’ एमाले कुनै हालतमा नफुट्ने र सानदार जीत हासिल गर्ने ठोकुवा गरे ।

आफूले प्रचण्डलाई नभई उनको गलत प्रवृत्तिलाई छाडेको बताए । उनले भने,‘प्रचण्ड महान नेता हुन् ।’ प्रचण्डले गणतन्त्र ल्याएको र ओलीको अनुहारले कम्युनिस्ट पार्टीले बहुमत ल्याएको बताए । उनले भने,‘केपी ओलीको अनुहारले बहुमत ल्याएको हो, चाहे उखान भनुन् टुक्का भनुन् ।’

प्रसाईंले आफू एमालेको टिकटबाट चुनाव लड्न तयार भएको समेत बताए । देशको जुनसुकै क्षेत्रबाट चुनाव लडेर जित्नसक्ने दाबी गरे । उनले भने,‘एमालेले चाह्यो भने चुनाव लड्न तयार छु । जुनसुकै क्षेत्रबाट चुनाव जित्न सक्छु ।’

प्रचण्डलाई सडकमा बसाउनेहरुलाई उनले फटाहाको संज्ञा दिए । उनले भने,‘प्रचण्ड जस्तो नेतालाई सडकमा बसाउने ?’

आफूले ओली र प्रचण्डबीच फोनबाट हालै कुरा गराएको सुनाए । उनले भने,‘मेरो मोबाइलबाट कुरा गराएको हुँ ।’

उनले देशमा ३० अर्ब लगानी गरेको र ३ हजारभन्दा बढीलाई रोजगारी दिइरहेको सुनाए ।

मेची अञ्चलमा चारधाम बनाउन लागेको खुलासा पनि गरे । अयोध्या, ठोरीका अलावा चार धामको माटो ल्याएर मेचीलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउने बताए ।

केपी शर्मा ओली हिन्दु भएको बताए । उनले नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot