Logo

गोदावरीदेखि पनौतीसम्मको क्षेत्र चरा हब



काठमाडौं, चैत १३ । ललितपुरको गोदावरीदेखि काभ्रेको पनौतीसम्मको क्षेत्रलाई चरा हबका रूपमा विकास गरिनेभएको छ । उक्त क्षेत्रमा दुई दिन गरिएको अध्ययनमा २८० प्रजातिका चरा फेला परेपछि स्थानीय तहले चरा हबका रूपमा विकास गर्ने कार्ययोजना अघि सारेको हो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका, काभ्रेको पनौती र ललितपुरको महालक्ष्मी तथा गोदावरी नगरपालिकाले सो क्षेत्रलाई चराको हबका रूपमा विकास गर्न साझा अवधारणा बनाएका छन् । स्थानीय तहले बनाएको यो योजनामा चरा संरक्षणकर्मीले समेत चासो दिएका छन् ।

केही वर्षअघिसम्म काठमाडौँं उपत्यकामा मात्रै पाँच सयभन्दा धेरै प्रजातिका चरा पाइन्थे । यतिबेला त्यो सङ्ख्या घटेर दुई सयको हाराहारीमा आइपुगे पनि उपत्यकासँग जोडिएको गोदावरी फुल्चोकी क्षेत्रमा अझै धेरै सङ्ख्यामा चरा पाइने भएकाले चरा हबका रूपमा विकास गर्न सकिने चराविज्ञ युविनराज श्रेष्ठ बताउन्छन् ।

काठमाडौँ उपत्यकाका नदी, पोखरी तथा दहमा आउने चराहरूको सङ्ख्यामा कमी आए पनि फुल्चोकी तथा रानीकोट क्षेत्र चराहरूका लागि अझै पनि उत्कृष्ट बासस्थान रहेको पछिल्लो अध्ययनहरूले देखाएका छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्