Logo

प्रधानमन्त्री ओलीको प्रशंसा गरेर थाकेनन् खानेपानीमन्त्री मणि थापा, किसुनजीलाई पनि सम्झिए (भिडिओसहित)



काठमाडौं, १६ चैत्र । खानेपानी तथा सरसफाईमन्त्री मणिचन्द्र थापाले पछिल्लो समय आफूहरुले सही ढंगले काम गरेको कारण मेलम्चीको पानी काठमाडौंवासीले पिउन पाएको भन्दै खुशी व्यक्त गरे । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले मेलम्चीको पानी हिजोबाट काठमाडौं उपत्यकामा आएपछि यसले उपत्यकावासीमा खुशियाली छाएको पनि सुनाए । मेलम्ची आयोजना सफल रुपमा सम्पन्न गर्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीको सबैभन्दा ठूलो हात र योगदान रहेको पनि मन्त्री थापाले सुनाए । उनले कृष्णप्रसाद भट्टराईको सपना वर्तमान प्रधानमन्त्री ओलीले पूरा गरेको विश्वास दिलाए । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्

Screenshot