काठमाडौं, ३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । उनले शनिबारका लागि बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
कोरोना भाइरसको दोस्रो लहर बढेपछि ओलीले सर्वदलीय बैठकमा यसबारे छलफल गर्ने बुझिएको छ । बैठकमा नेताहरुलाई उपस्थितिका लागि ओली आफैले फोन वार्ता समेत गरेका छन् । उनले आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग फोनवार्ता गरेका छन् । प्रचण्डले वार्ता भएको खुलाइसकेका छन् ।
दलहरुबीच सत्ता संघर्ष चलिरहँदा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् । कोरोना संकटसँग जुध्ने विषयमा छलफल हुने भनिएपनि भोलिको बैठकले निकै महत्व राख्ने देखिएको छ ।