Logo

नेपालद्वारा मलेसिया ६९ रनले पराजित



काठमाडौं, ९ बैशाख । नेपालले मलेसियालाई त्रिकोणात्मक टी २० क्रिकेटमा ६९ रनले पराजित गरेको छ । नेपालको त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले ७ विकेट गुमाई २ सय १७ रन बनाएको हो ।

नेपालले मलेसियाललाई २१८ रनको लक्ष्य दिएको छ । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत बिहीबार अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१७ रन बनाएको हो । करण केसीले विस्फोटक ब्याटिङ गरेका थिए । केसीले १३ बलमा सात छक्काको मद्दतमा ४५ रनको विस्फोटक इनिङ खेले ।

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा यो नेपालको दोस्रो उच्च स्कोर हो । यस्तै, आसिफ सेखले ३२ बलमा ४२ रन बनाए । कुशल भुर्तेलले १२ बलमा १६, ज्ञानेन्द्र मल्लले २५ बलमा ४१ रनको योगदान गरे । दीपेन्द्रसिंह ऐरीले १७ बलमा ३३ रन जोड्दा कुशल मल्लले १९ र विनोद भण्डारीले ८ रन बनाए । नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिकोणात्मक सिरिजमा मलेसियाले एक खेल पनि जित्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot