Logo

कोरोना संक्रमित मन्त्री ढकालबारे जेपी गुप्ताको टिप्पणीः कोरोना कालमै स्वास्थ्यमन्त्री भइसकेको व्यक्तिले किन यसो गरे होलान् ?



काठमाडौं, १९ वैशाख । पर्यटनमन्त्री भानुभक्त ढकाललाई कोरोना भाइरसको संक्रमण भएको छ । उनी लकडाउन अघि चितवनको अयोध्यापुरीमा राम, सीता र लक्ष्मणको मूर्ति स्थापनाका लागि काठमाडौंबाट पुगेका थिए ।

देश कोरोना भाइरसको महामारीसँग जुधिरहँदा उनी धार्मिक कार्यक्रममा पुगेको विषय अहिले चासोमा परेको छ । पूर्वमन्त्री जेपी गुप्ताले यसबारे तस्बिरसहित टिप्पणी गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्ः कोरोना कालमै मुलुकको स्वास्थ्यमन्त्री भइसकेको व्यक्तिले किन यसो गरे होलान् ?-तस्बिर स्रोतः जेपी गुप्ताको ट्वीटर पेज



प्रतिक्रिया दिनुहोस्

Screenshot