Logo

अस्पतालको शैयाबाट बाबुरामले भने-पछिल्ला घटनाक्रमले देशको स्वास्थ्य थप जटील नबनोस् कामना गर्दछु!



काठमाडौं, २१ बैशाख । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सफल शल्यक्रियापछि आफू स्वास्थ्यलाभ गरेर बसेको बताएका छन् । तर, उनले पछिल्ला घट्नाक्रमले देशको स्वास्थ्य थप जटिल नबनोस भन्ने कामना गरेका छन् ।

 

उनले सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्–”वीरअस्पतालमा डा.सुवोध अधिकारीको नेतृत्वमा कुशल र समर्पित डाक्टर,नर्स,फिजियोथेरापिष्ट लगायतका स्वास्थ्यकर्मीहरूको अथक प्रयत्न र यहाॅहरूको शुभेच्छाले सफल शल्यक्रिया पश्चात क्रमश:स्वास्थ्यलाभ गर्दैछु।सबैमा हार्दिक आभार! पछिल्ला घटनाक्रमले देशको स्वास्थ्य थप जटील नबनोस् कामना गर्दछु!

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot