Logo

योगेश र घनश्यामसँग बालुवाटारमा प्रधानमन्त्री ओलीको तीन घण्टा वार्ता



काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको आन्तरिक विवाद हल गर्नको लागि अन्तिम कसरत गरेका छन् । यही बैशाख २७ गते सदनमा विश्वासको मत लिने भएका ओलीले त्यसअघि नै पार्टीभित्रको विवाद समाधान गर्न प्रयास गरेका छन् । यसको लागि उनले वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरुसँग गम्भीर भेटवार्ता गरिरहेका छन् ।

आफूले मात्रै नभएर माधव नेपाल पक्षधर नेताहरुसँग आफूनिक विश्वासिला नेताहरुलाई पनि छुट्टाछुट्टै भेटवार्ताको लागि पहल गर्न भनेका छन् । हिजो मध्यरातिसम्म बालुवाटारमा ओलीले माधव नेपाल पक्षधर प्रभावशाली नेताहरु घनश्याम भुषाल र योगेश भट्टराईसँग करिब तीन घण्टा लामो भेटवार्ता गरेका हुन् । बालुवाटारमा मध्यरातिसम्म भएको भेटवार्ता भने फलदायी हुन सकेन ।

वार्तामा सहभागी एक नेताकाअनुसार ओली २०७५ जेठ २ गते फर्किनै चाहेका छैनन् । तर, भट्टराई र भुषालले भने पार्टी एकता चाहेको हो भने २०७५ जेठ २ गते फर्किनुको कुनै विकल्प नभएको भन्दै ओलीलाई त्यसतफृ कदम चाल्न सुझाएको स्रोतको दाबी छ । माधव नेपाल पक्षले बैशाख २७ गतेअघि नै सामूहिक राजीनामा दिने तयारी गरेपछि प्रधानमन्त्री ओलीले नेता नेपाल पक्षका नेताहरुसँगको भेटवार्तालाई तिव्रता दिएका हुन् । हिजो राति राष्ट्रपति विद्यादेवी भण्डारीले समेत नेता नेपाललाई शितलनिवास बोलाएर छलफल गरेकी थिईन् । त्यसअघि राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीले दुई पटक भेटिसकेका थिए । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot