Logo

माधव नेपालको शर्तः अबको चुनावी सरकारको प्रधानमन्त्री



काठमाडौं, २८ वैशाख । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षधर २८ सांसद प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिदा अनुपस्थित भएर शक्ति प्रदर्शन गरेका छन् । उनीनिकट सांसदहरुले अझै राजीनामा नदिएर ओलीलाई हटाएर बहुमतको सत्ता समिकरणको सुनिश्चिततालाई कमजोर पारिदिएका छन् ।

विश्वस्त स्रोतका अनुसार नेपालनिकट सांसदहरुको राजीनामाको शर्त समेत प्रस्तुत भएको छ । माधव नेपालले राजीनामा दिनुअघि उपनिर्वाचनमा आफ्ना २० प्रत्यक्ष निर्वाचित सांसदको जीतको सुनिश्चितता गर्ने देखि चुनावी सरकारको नेतृत्व आफूले गर्नुपर्ने शर्त सारेका छन् ।

देउवा एक वर्ष प्रधानमन्त्री बन्ने र त्यसपछि अर्को वर्षको मंसिरमा हुने चुनाव माधव नेपाल नेतृत्वको सरकारले गर्ने गरी सहमति बनेमा मात्र राजीनामा दिने नेपालको शर्त देखिएको हो । ओलीको बर्हिगमनका लागि नेपाल समूहका २० जना प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुको राजीनामा अनिवार्य भएको छ ।

जनता समाजवादी पार्टी सत्ता समिकरणमा विभाजित अवस्थामा छ । उपेन्द्र यादव समिकरणको पक्षमा छन् । महन्थ ठाकुर विपक्षमा उभिएका छन् । यसले सत्ता राजनीतिलाई रोचक मोडमा पुर्याउँदा नेपालले पनि शर्त सारेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्