Logo

अबदेखि विवाह, ब्रतबन्धमा १० जनामात्र सहभागी हुन पाइने



काठमाडौं, २८ बैशाख । कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १५ दिनको लागि थप भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले थप कडाईको साथ जेठ १३ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

आजको बैठकले पार्टी प्यालेसमा विवाह, भोज तथा ब्रतबन्धजस्ता कार्यक्रममा १० जना भन्दा बढी सहभागी हुन रोक लगाउने निर्णय गरेको छ । पहिला बिहान ७ देखि ९ बजेसम्म मात्र पसल खुलाउन पाउने व्यवस्था गरेकोमा भोलीदेखि १० बजेसम्म पसल खोल्न दिने भएको छ । यसैगरी, उपत्यकाभित्रका अत्यावश्यकबाहेक अन्य सबै कार्यालय बन्द गर्ने, निजि निर्माणको लागि सवारी साधन चलाउन नदिने समेत निर्णय भएको छ ।

उपत्यकामा कोरोना संक्रमणदर तिव्ररुपमा बढ्दै गएपछि काठमाडौं, भक्तपुर र ललितपुरमा पहिलो पटक बैशाख १६ गतेदेखि एक हप्ताको लागि सरकारले निषेधाज्ञा लागु गरेको थियो । दोस्रोपटक २२ गतेदेखि एक हप्ताको लागि थप गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot