Logo

नेपाल सुपर लिगको उपाधि भिडन्त शनिवार : धनगढी भर्सेस काठमाडौं



वैशाख ३१, काठमाण्डौ । नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग एनएसएलको उपाधिका लागि शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सविच प्रतिस्पर्धा हुँदैछ । प्रतिष्पर्धाको एक दिन अघि दुबै टोलीले उपाधी जित्ने दावी गरेका छन् । यसअघिका दुई भिडन्तमा धनगढीले बाजीमार्दा फाइनलमा भने काठमाडौंले यसअघिको हारलाई बदला लिएर पहिलो संस्करणको च्याम्पियन बन्य लक्ष्यमा रहेको छ ।

फाइनल आयोजित प्रिम्याच कन्फ्रेन्समा धनगढी टिमका प्रशिक्षक तोपे फुजाले काठमाडौंविरुद्धको खेलका लागि निकै उत्साहित भएको बताए । उनले आफ्नो टिमको आत्मविश्वास निकै राम्रो रहेको र फाइनलमा बाजी मार्नेमा विश्वस्त रहेको धारणा राखे ।

यस्तै कप्तान किरण चेम्जाङले धनगढी टिम लयमा रहेको र तेस्रो पटक यो प्रतियोगितामा भेट हुन लागेको भन्दै खेल प्रतिस्पर्धात्मक हुने र अन्तिममा धनगढीले ने जित्ने दावी गरे । लिग चरण र क्वालिफायर्समा धनगढीले निकालेको नतिजा फाइनलमा पनि निकाल्नेमा विश्वस्त रहेको उनले बताए ।

त्यस्तै काठमाडौं टिमका प्रशिक्षक बालगोपाल महर्जनले सुपर लिगको उपाधि काठमाडौंमा नै राख्ने गरेर खेल्ने बताए । उनले यो प्रतियोगिताको उपाधिका लागि काठमाडौं निकै उत्साहित भएको धारणा राखे । कप्तान विकेश कुथुले फाइनलमा जित्ने हिसावले खेल्ने धारणा राखे ।

फाइनल खेल दशरथ रंगशालामा साँझ साँढे पाँच बजेबाट सुरु हुनेछ । खेलको विजेताले ३५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछ । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुनेले जनही १ लाख पाउने छन् । नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजनामा हुन लागेको प्रतियोगितामा विराटनगर सिटी, काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्