Logo

चीनसँगको भर्चुअल मिटिङमा को को



काठमाडौं, १३ जेठ । चीनले हिजो नेपालका नेता देखि विज्ञसँग भर्चुअल बैठक राख्यो । चिनियाँ कम्युनिस्ट पार्टीले भर्चुअल बैठक राखेको थियो । बैठकमा चीनबाट चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका नेताहरु सहभागी थिए ।

महामारीसँगको सहकार्य र नागरिकको जीवनरक्षा शिर्षक राखेर चीन नेपाल राजनीतिक दलहरुको बैठक भनिएपनि स्वतन्त्र व्यक्तिहरु पनि सहभागी थिए ।
चिनियाँ कम्युनिस्ट पार्टीबाट विदेश विभागका प्रमुख सङ टाओका अलावा चेन झोऊ र सुन हाययान सहभागी थिए ।

सरकारका तर्फबाट उपप्रधानमन्त्री इश्वर पोखरेल सहभागी भएका थिए । उनी नेकपा एमालेका महासचिव पनि हुन् ।

नेपाली काँग्रेसबाट केन्द्रीय सदस्य डा.नारायण खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा अध्यक्ष पशुपति शमशेर जबरा, नेमकिपाका अध्यक्ष नारायणमान विजुक्च्छे मात्र थिएनन् राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना पनि थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ टाओले बेइजिङबाट बैठकको नेतृत्व लिएका थिए । यताबाट पनि नेपालका मुख्य दलका अध्यक्षहरु नै बसे । यतिसम्मकी सम्माननीय भनिनुपर्ने राष्ट्रिय सभाका अध्यक्ष नै बसे । पोर्टफोलियो बिर्सेर राष्ट्रिय सभाका अध्यक्ष देखि पूर्वप्रधानमन्त्री भइसकेका नेताहरु बैठकमा सहभागी भए ।

चीनबाट विदेश विभाग प्रमुखको नेतृत्वमा बैठक बसेपछि यताबाट पनि त्यही अनुरुपको सहभागिता हुनुपथ्र्यो । नेपाली काँग्रेसले त्यही बुझेर नारायण खड्कालाई सहभागी गरायो । तर, प्रचण्ड, उपेन्द्र यादव, पशुपति शमशेर र नारायणमान विजुक्च्छे रोहित पार्टी अध्यक्ष भएकाहरु भर्चुअल मिटिङमा सहभागी भए ।

विज्ञहरुबाट प्रमोद पोखरेल, कल्याणराज शर्मा, डा. भोजराज, डा. केके राई, डा. सुभित मास्के, दिपेन्द्र श्रेष्ठ, डा. दुर्गा भण्डारी, सोभित उप्रेती, डा. निरज बम, सुमन धिताललगायत सहभागी थिए ।

भर्चुअल बैठकमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी पनि सहभागी थिइन् ।



प्रतिक्रिया दिनुहोस्