Logo

आँखालाई स्वस्थ र सुन्दर राख्न सकिने यी ४ व्यायाम



एजेन्सी, १६ जेठ । उमेर बढ्दै जाँदा मानिसको शरीरमा धेरै प्रकारका समस्या हुने गर्छन् । यसबाट जोगिन विशेष हेरचाह गर्नुपर्छ । केही व्यायाम तथा एक्सरसाइज गर्नुपर्छ ।

उमेर अनुसार आँखाको मासंपेशी पनि बढ्छन् । लचकता कम हुन्छ । पहिला स्पष्ट देखिने वस्तु कम देखिन थाल्छ, त्यस्तै टाढा–टाढासम्म देखिने बस्तु देखिन छाड्छ । यस्ता समस्याबाट बच्न केही योग र व्यायाम गर्नुपर्छ । व्यायाम गर्दा आँखाको समस्या ठिक हुन्छ ।

एकै स्थानमा ध्यान दिनेः एकै ठाउँमा बसिरहेको वा एकल विन्दुमा केन्द्रित गर्ने । दाहिने हात अगाडी बढाएर एउटा औंलाको टुप्पामा विस्तारै ध्यान खिच्ने । विस्तारै औंलाबाट ध्यान विस्तारै सार्ने गर्दा आँखामा भएको सिलीएरीले शरीरलाई संचालन गर्न सहयोग पुग्छ । यसले आँखाको लेन्स समयोजन गर्न महत्वपुर्ण भुमिका निभाउछ ।

परेला झिम्क्याउनुः आरामसँग बसेर आँखाको परेला १० देखि १२ पटक झिम्क्याउनुहोस् । आफ्नो आँखा बन्द गरेर २० सेकेन्ड आराम गर्दा ब्लड सर्कुलेशन मा सुधार हुन्छ । यसको अभ्यास दैनिक ५ पटक गर्नुपर्छ । यो आँखालाई आराम दिने एक उत्तम तरिका हो । आँखालाई प्रकाशबाट केही समय टाढा राख्छ ।

आँखा तन्काउनेः आँखा तन्काउदा वा ठुलो बनाउदा ब्लड सर्कुलेसनमा सुधार आउनेछ । ५ सेकेन्ड आँखा बन्द गर्दै तन्काउनु पर्छ । यो व्यायामले परेलाको मांसपेशीलाई बलियो बनाउछ र रक्तसंचारमा सुधार ल्याउछ । यो लगभग दैनिक १० पटक गर्नुपर्छ ।

अनन्त प्रतीकः कुर्सीमा आरामले बसेर १० इन्च टाढा दाहिने औला राख्ने र विस्तारै हात समाउनुहोस् । औलामा ध्यान दिनुहोस् । औलामा ध्यान दिँदै अनन्त सिंबल बनाउने प्रयास गर्नुहोस् ।



प्रतिक्रिया दिनुहोस्