Logo

नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने पक्षमा जसपा नेता झाले वकालत गर्दा ऋषि धमला यसरी जंगिए (भिडिओसहित)



काठमाडौं, २२ जेठ । जनता समाजवादी पार्टी, नेपालका नेता डा. सुरेन्द्र झाले पार्टीबाट मन्त्री बन्दा कुनै विवाद नभएको स्पष्ट पारेका छन् । आफूहरुले समावेशी रुपमा मन्त्री बनाएको पनि उनको भनाई छ । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको प्राइम इस्यु कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

नेताहरुले सुझबुझपूर्ण निर्णय लिएको पनि उनको दाबी छ ।अहिले मन्त्री बनेकाहरु सबै अध्यक्ष महन्थ ठाकुरका मान्छेहरु रहेको उनको भनाई छ । नेपाल बहुसांस्कृतिक, बहुधार्मिक देश भएको उल्लेख गर्दै उनले बहुराष्ट्रिय देश भएको पनि बताए । उपप्रधान एवम् शहरी विकासमन्त्री राजेन्द्र महतोले संविधानमा उल्लेख भएको कुरा नै बोलेको भन्दै झाले महतोको अभिव्यक्तिको बचाउ गरे ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot