Logo

आफ्नै छोरीलाई करणी गर्ने बाबु पक्राउ



भोजपुर, २८ जेठ । आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३५ वर्षीय पुरुष पक्राउ परेका छन् । आफ्नै १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर नगरपालिका बस्ने ३५ वर्षीय पुरुषलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।

उनले एक वर्ष अगाडिदेखि नै ललाई फकाई डर त्रास समेत देखाई आफ्नै घरमा पटक–पटक जबरजस्ती करणी गर्दै आएको तथा बैशाख २२ गते राति घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको जाहेरी दरखास्त प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot