Logo

कोरोना भाइरसबाट संक्रमितको जीवन रक्षाको चिकित्साविधि पत्ता लाग्यो



एजेन्सी, ३ असार । कोरोना भाइरसबाट संक्रमितको जीवन रक्षाको उपचारविधि पत्ता लागेको छ । अनुसन्धानकर्ताहरुले जीवन रक्षाको चिकित्साविधि पत्ता लगाएका हुन् ।

भाइरसलाई निष्कृय पार्ने प्रतिरोधात्मक क्षमता उत्प्रेरित गराएर यो विधिबाट उपचार हुने जनाइएको छ । परीक्षणका क्रममा तीनजना कोरोना भाइरसका जटिल प्रकृतिका विरामीमध्ये एकजना बाँचेको रिपोर्ट छ ।

यो विधिबाट उपचार गर्दा १ देखि २ हजार डलर खर्च लाग्ने बताइएको छ । एन्डिबडी विकास नभइसकेकामा मात्र यो चिकित्साविधिले काम गर्न सक्छ ।

परीक्षणका क्रममा मृत्युको खतरा कम हुने, अस्पताल बसाईँ कम हुने र भेन्टिलेटरको आवश्यकता पर्ने सम्भावना कम हुने पत्ता लागेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot