Logo

निषेधाज्ञामा वाणिज्य बैंकको व्यवसाय साढे ३५ अर्ब बढ्यो



काठमाडौं, असार ४। सरकारले निषेधाज्ञा गरेको डेढ महीना बितिसकेको छ । यसबीचको १ महीनामा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले आफ्नो व्यवसाय साढे ३५ अर्बभन्दा बढी थप्न सफल भएका छन् ।

कोभिड–१९ का कारण सरकारले गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाको १ महीनामा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ३५ अर्ब ५९ करोड वृद्धि भएको छ । जेठ अन्तिमसम्म कुल कर्जा ३६ खर्ब ४६ अर्ब १० करोड पुगेको छ । बैंकहरूले १ महीनामै ३५ अर्ब ५७ करोड निक्षेप थपेका छन् । जेठ मसान्तसम्म कुल निक्षेप ३९ खर्ब ९१ अर्ब १ करोडको हाराहारीमा पुगेको छ ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये चारओटा वाणिज्य बैंकको कर्जा प्रवाह घटेको छ । निषेधाज्ञाको १ महीनाको अवधिमा सबैभन्दा बढी लक्ष्मी बैंकको कर्जा प्रवाह घटेको छ । बैंकको कर्जा प्रवाह ७९ करोडले संकुचन आएको छ । उसको कुल कर्जा १ खर्ब ७ अर्ब १० करोड छ ।

नेपाल बंगलादेश बैंकको कर्जा वृद्धि ४५ करोडले घटेको छ । उसको कुल कर्जा ६८ अर्ब ६८ करोड रहेको छ । यसअघि कर्जा प्रवाहमा आक्रामक देखिएको एनआईसी एशिया बैंकको समेत १ महीनामा रू। १५ करोडले कर्जा प्रवाह घटेको छ । यसको कुल कर्जा २ खर्ब ६६ अर्ब ७६ करोड छ ।

प्रभु बैंकको १३ करोड रुपैयाँले कर्जा घटेको छ । उसको कुल कर्जा १ खर्ब ४२ अर्ब ८१ करोड रहेको छ ।

जेठ मसान्तसम्मा सबैभन्दा बढी कर्जा वृद्धि गर्नेमा नबिल बैंक देखिएको छ । बैंकले एकै महीनामा ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको थप कर्जा वृद्धि गरेको छ । उसको कुल कर्जा १ खर्ब ९७ अर्ब ८५ करोड पुगेका छ । नबिलको कर्जापूँजी निक्षेप अनुपात (सीसीडी) ७९ दशमलव ६६ प्रतिशत रहेको छ । नबिल बैंकका नायब महाप्रबन्धक मनोज ज्ञवाली यति बेला बैंकबाट नयाँ कर्जा नगए पनि प्रक्रियामा रहेका वा यसअघि रोकिएका पुराना कर्जा गएको बताउँछन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot