Logo

महाकाली नदीको टापुमा फसेका ३ जनाको सकुशल उद्दार



कञ्चनपुर, ६ असार । महाकाली नदीको टापुमा फसेका ३ जनाको सकुशल उद्दार भएको छ । पानीको बाहाब बढ्न गई महाकाली नदीको टापुमा फसेका भिमदत्त नगरपालिका–१० गड्डाचौकी बस्ने २४ वर्षीय राजेन्द्र टमटा, २० वर्षीय राम टमटा र २८ वर्षीय पर्मा तिरुवालाई शुक्रबार राति सकुशल उद्दार गरिएको हो ।

शारदा ब्यारेजस्थित कालीझाला जंगलबाट भैसी लिएर घर फर्कने क्रममा उक्त टापुमा उनीहरु फसेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, ईलाका प्रहरी कार्यालय गड्डाचौकी र उत्तराखण्ड भारतीय जल प्रहरी समेतबाट संयुक्त रुपमा खटिएको टोलीले उनीहरुको सकुशल उद्दार गरेको हो ।

उद्दार गरिएका तीनै जनालाई आफन्तको जिम्मा लगाई पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot