Logo

सबै नेताहरुलाई भेटेर आशिर्वाद लिन म काठमाडौं आएको हुँ : मुख्यमन्त्री पोखरेल (भिडिओसहित)



काठमाडौं, १० असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गठबन्धनको सरकार बनेकोले मन्त्रिमण्डल विस्तारमा समय लागेको सुनाए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले गण्डकीमा गठबन्धनको सरकार बनेकोेले सबै दलका शीर्ष नेताहरुलाई भेटेरै आशिर्वाद लिनको लागि आफू काठमाडौं आएको पनि स्पष्ट पारे ।

उनले भने,‘उहाँहरु सबैको भनाई के रह्यो भने, यो ऐतिहासिक क्षण हो, हाम्रो गठबन्धनको पहिलो सफलता गण्डकीमा सरकार बनाउन भयो । तपाईँलाई सहयोग रहन्छ भनेर उहाँहरुले भन्नुभएको छ।’ आफू नेतृत्वको सरकार ईतिहासमै एउटा ऐतिहासिक महत्व र घट्नाको रुपमा रहेको सुनाए । उनले आफ्नो लक्ष्य भनेको गठबन्धनको सरकार चलाउनको लागि अधिकतम लचकता अपनाउने रहेको पनि सुनाए । उनले आफूहरुले ऐतिहासिक अवसर पाएकोले त्यसलाई जनताको पक्षमा यसलाई उपयोग गर्ने बताए । उनले गण्डकी प्रदेशका सबै जनतालाई निःशुल्क खोप उपलब्ध गराउने पनि घोषणा गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot