Logo

१० बच्चा जन्माएकी भनिएकी सिथोली गर्भवती नै नभएको खुल्यो



एजेन्सी, १० असार । केही दिनयता एउटा खबरले विश्वमै सनसनी मच्चायो । एकैपटक १० बच्चालाई जन्म दिएको खबरले विश्वलाई नै चकित बनाएको थियो । विश्वभरका मिडियाले यो खबरलाई प्राथमिकताका साथ प्रकाशित गरेका थिए ।

दक्षिण अफ्रिकाकी ३७ वर्षीया गोसियामी सिथोलीले एकैपटक १० बच्चालाई जन्म दिएको खबर तस्बिरसहित सार्वजनिक भएको थियो । खबर आएपछि त्यहाँको गाउटेङ क्षेत्रमा खोज्दै कुनै पनि अस्पतालमा त्यति संख्यामा बच्चा जन्मिएको खुलेन ।

बच्चालाई जन्म दिएकी भनिएकी सिथोली गर्भवती समेत नभएको खुल्यो । उनलाई अहिले नियन्त्रणमा लिइएको छ । मानसिक अवस्थाबारे निगरानी गरिदैछ ।

सिथोलीसँग ६ वर्षीय जुम्ल्याहा बच्चा भएको खुलेको छ । उनी जोहानेसवर्ग नजिकैको गाउटेङ क्षेत्रमा बसोबास गर्दै आएको खुलेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot