Logo

विपक्षी गठबन्धनलाई शेरबहादुर तामाङको चूनौति : जति सक्नुहुन्छ, गरे हुन्छ (भिडिओसहित)



काठमाडौं, ११ असार । नेकपा (एमाले) का नेता तथा निवर्तमान स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले विपक्षी गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आन्दोलन गर्नुको कुनै अर्थ नहुने टिप्पणी गरेका छन् । उनले भने,‘आन्दोलनपनि धेरै भयो । गठबन्धनपनि धेरै भयो । जति सक्नुहुन्छ, गरे हुन्छ ।’

प्रधानमन्त्री ओलीलाई हटाउनको लागि विपक्षी गठबनधनले धेरै लामो समयदेखि मोर्चाबन्दी गरेको भन्दै अहिलेसम्म किन हटाउन नसकेको त ? भन्दै तामाङले प्रश्नसमेत गरे । उनले भने,‘मोर्चाबन्दी धेरै भयो । तर, मोर्चाबन्दीले परीणाम दिन सक्नुभएन ।’ हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot