Logo

बालिकालाई बलात्कार गरेको आरोपमा एक पक्राउ



काठमाडौं, १३ असार । जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आठ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं महानगरपालिका २३ जुद्धशालिक धर्मपथ बस्ने धादिङ धुनिवेशी नगरपालिका १ घर भएका ३५ वर्षीय सुर्य तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

धर्मपथस्थित पुरानो नगरपालिकाको खाली जमिनमा पार्किङ गरी राखेको गाडी पछाडि तामाङले ती बालिकालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot