Logo

भरुवा बन्दुक सहित ३ जना पक्राउ



काठमाडौं, १३ असार । भरुवा बन्दुक सहित ३ जनालार्य प्रहरीले पक्राउ गरेको छ । तेह्रथुम, लालिगुँरास नगरपालिका १ रातोपाटी भुल्केबाट ३ थान भरुवा बन्दुक सहित ३ जना शुक्रबार दिउँसो पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय राम गुरुङ, ३५ वर्षीय मनोज गुरुङ र ३४ वर्षीय प्रेम गुरुङ रहेका छन् । प्रहरी चौकी लसुनेबाट गस्तीमा खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको जनाएको छ।

हुम्ला, सर्केगार्ड गाउँपालिका ४ कुवाकोटी साँयास्थित गोठी खोलाको किनारबाट १ थान भरुवा बन्दुक शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको बताएको छ । प्रहरी चौकी सर्केदेउबाट गस्तीमा खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot