Logo

वेदुराम भुषालले छोडे एमाले, स्वतन्त्र सांसदको मान्यता दिन संसद सचिवालयमा निवेदन



काठमाडौं, १३ असार । सत्तारुढ दल नेकपा (एमाले) का नेता तथा राष्ट्रियसभा सदस्य बेदुराम भुसालले आफूलाई स्वतन्त्र सांसदको मान्यता दिन आग्रह गरेका छन् । आज (आईतबार) संसद सचिवालयमा सूचना दर्ता गराउँदै भुषालले यस्तो आग्रह गरेका हुन् । भुषाल पछिल्लो वरिष्ठ नेता माधव कुमार नेपालको पक्षमा उभिएका थिए ।

एमाले र माओवादीबीचको एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा उनी राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । सर्वोच्च अदालतले २०७७ फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई पूर्ववत अवस्थामा फर्काएको थियो । एमालेभित्रको अन्तरविरोधमा उनी नेता नेपालको पक्षमा थिए । तर, उनले अब दलको मान्यता नदिन भनेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot