Logo

जसपाका दुवै पक्षलाई आयोगले बोलायो



काठमाडौं, असार १७ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी ९जसपा०का दुवै पक्षलाई छलफलमा बोलाएको छ। राजपाका अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारिकता दाबी गरेपछि आयोगले उनीसहित अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई आगामी मंगलबार छलफलमा बोलाएको हो।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपाको आधिकारिकता विषयमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आयोगमा दाबी परेकाले दुवै पक्षलाई असार २२ गते बोलाइएको बबताए। ‘ऐनको दफा ४४ को उपदफा ४ बमोजिम हामीले विवादका पक्षलाई सहमति बमोजिम विवाद निरूपण गर्ने प्रयोजनका लागि बोलाएका छौं,’ प्रवक्ता श्रेष्ठले भने, ‘पक्षहरूबीच विवाद निरूपण गर्न सहमत भएमा आयोगले सहमति बमोजिम निरूपण गर्नेछ, नभएमा आयोगले विवाद सुनुवाइका लागि इजलास गठन गर्नेछ।’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्ने नगर्ने विषयमा जसपाभित्र बढेको विवादमा जेठ १८ गते अध्यक्ष यादवले ठाकुर सहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई दलबाट निस्कासन गरी दर्ता किताबमा विवरण अद्यावधिक गराउन आयोगलाई पत्र लेखेका थिए। सोही दिन अर्का अध्यक्ष ठाकुरले पनि अध्यक्ष यादवलाई हटाइएको भन्दै दर्ता किताबमा अभिलेखीकरणका लागि आयोगमा पत्र लेखेका थिए। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot