Logo

प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्दा…



सिन्धुली, २० असार । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने ५२ वर्षीय पुरुष पक्राउ परेका छन् । कमलामाई नगरपालिका ६ माझीटारस्थित डिउटीमा खटिएको प्रहरीलाई नगद ५ सय रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने झापा बिर्तामोड नगरपालिका ३ बस्ने ५२ वर्षीय मेदनी रेग्मीलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

बिपि राजमार्गको प्रहरी चेक प्वाईन्टमा सवारी साधनहरुको सवारी पास जाँच गर्ने क्रममा झापाबाट काठमाडौं जान पास नलिई आएको मे.१ च ६६८३ नम्बरको सुमोलाई उक्त स्थानमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा चालक रेग्मीले उक्त नगद दिन खोजे पश्चात उनलाई उक्त सुमो सहित पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot