Logo

हस्ताक्षर फिर्ता नलिने माधव नेपालको सन्देश



काठमाडौं, २१ असार । नेकपा (एमाले) को आन्तरिक विवाद समाधान नहुने निश्चित् भएको छ । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि हस्ताक्षर गरेका माधव नेपालसहितका सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन केन्द्रीय कमिटीले दिएको समयसिमा आज साँझ ५ बजे सकिँदैछ । तर, नेपाल पक्षले भने कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने अडान लिएको छ ।

पार्टी एकताको लागि दुवे पक्षका युवा नेताहरु सक्रिय भएका थिए । तर, अब उनीहरुको सक्रियता पनि काम नलाग्ने भएको एक नेताले जानकारी दिए । पछिल्लो समय प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग माधव नेपाल पक्षधर नेताहरु भीम आचार्य, भीम रावल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र सोम प्रसाद पाण्डेले भेटवार्ता गरेका थिए ।

नेपालनिकट नेताहरुले अध्यक्ष ओलीसँग वार्ता गरिरहँदा कतिपयले ती नेताहरु अब ओली क्याम्पमा जान लागेका पनि समाचार आएका थिए । यो बीचमा ओलीले पनि नेपालनिकट नेताहरुसँग एक्लाएक्लै भेटवार्ता गर्दै आएका छन् । वरिष्ठ नेता माधव नेपालले त अध्यक्ष ओलीसँग भेट्न नै अस्विकार गरेका छन् । हिजोमात्रै पनि नेपाललाई फकाउनको लागि ओलीका विश्वासिला नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल नेपाल निवास कोटेश्वर पुगेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot