Logo

एमाले कार्यदलको बैठक भोलि फेरि बस्नेगरि सम्पन्न, सकारात्मक छलफल भएको रावलको दाबी



काठमाडौं, २१ असार । नेकपा (एमाले) को कार्यदलको बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयको हलमा बसेको बैठक भोलि फेरि बस्नेगरि सम्पन्न भएको हो । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ताको लागि केन्द्रीय कमिटी बैठकले माधव नेपाल पक्षलाई आज साँझ ५ बजेसम्मको समय दिएको थियो ।

तर, नेपाल पक्षले हस्ताक्षर फिर्ता लिएन । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजबाट बहस सकिएको छ । असार २८ गते उक्त मुद्दाको फैसला आउने भएको छ । अदालतको फैसला आउने समय बाँकी भएकोले यो बीचमा एकताको लागि एमालेका नेताहरु सक्रिय भएका छन् ।

आजको छलफल सकारात्मक भएको कार्यदलका माधव नेपाल तर्फका संयोजक भीम रावलले प्रतिक्रिया दिएका छन् । उनकाअनुसार कार्यदलको बैठक भोलिपनि बस्नेछ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot