Logo

निर्वाचन कार्यतालिकाप्रति कांग्रेसको आपत्ति



काठमाडौं, असार २२ । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ। संवैधानिक इजलासमा संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेका बेला त्यसलाई प्रभावित गर्न आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको टिप्पणी कांग्रेसको छ।

‘संवैधानिक इजलासले २८ असारमा संसद् विघटन मुद्दामा फैसला गर्दैछ। यस्तो बेला एक साता पनि नपर्खेर निर्वाचन आयोगले कार्यतालिका घोषणा गर्नु सन्देहपूर्ण छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यसको मनशाय निर्वाचनको तयारी अगाडि बढिसक्यो भनेर संवैधानिक इजलासलाई प्रभावित पार्ने पनि हो।’

संसदीय व्यवस्थामा राष्ट्रिय मान्यताप्राप्त दलसँग परामर्श गरेर निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने परम्पराविपरीत आयोगले बालुवाटारको प्रभावमा काम गरेको आरोप कांग्रेसले लगाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot